Sajhamanch Archive

बालबालिकालाई मदिरा विक्री वितरणमा रोक

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । मदिरा व्यवसायी संघ मेचीनगरले बालबालिकालाई मदिरा बिक्री–बितरणमा रोक लगाएको छ । अवैध मदिरा सेवनका कारण कलिला बालबालिकाहरु बढ्दो मात्रमा कुलतमा फसेको भन्दै त्यसलाई रोक्न उक्त निर्णय गरेको हो ।

मदिरा किन्न पसलमा पुगे संघले बालबालिकालाई मदिरा नदिन व्यवसायीलाई उर्दी समेत जारी गरेको । संघले सावालक वा नावालक भनी पहिचान गरेर मात्र मदिराको कारोबार गर्न आग्रह समेत गरेको छ ।

मदिराको कारोबार बढेपनि अस्वस्थ्य प्रतिश्पर्धाका कारण बजारमा समस्या आएको भन्दै संघले मेचीनगर क्षेत्रभित्रका व्यवसायीलाई मूल्यसूची अनुसार मदिराको कारोबार गर्न अनुरोध समेत गरेको छ । उपभोक्ता नठगिउन् भन्नका लागि मूल्यसूची भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा व्यवसायीलाई कारवाई स्वरुप जारीवाना गर्ने भएको छ ।

मेचीनगर बाहिरबाट आउने व्यवसायीले बिक्री बितरण गरिएको सामानको बिल बिजक नभएकाले यहाँका व्यवसायी ‘मिसम्याच’ मा परी पीडित भएको ठहर गर्दै मेचीनगर भन्दा बाहिरका व्यवसायीलाई संघले पत्रचारमार्फत जानकरी गराएसकेको उल्लेख छ ।

बजारमा चलेका सबै प्रकारका मदिराको ब्राण्डको कारोबार गर्दा सरोकारवाला, उत्पादक तथा राज्यको प्रतिनिधि सम्मेलित टोलीले तोकिएको मदिराको मूल्यसूची प्रत्येक व्यवसायीलाई उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
बजारमा एउटै समानको मूल्यमा फरक–फरक पाउनु दुःख लाग्दो कुरा हो, मदिरा व्यवसायी संघ मेचीनगरका सल्लाहकार भेला तथा वनभोज कार्यक्रमका प्रमुख अतिथि गोकुल हुमागाईंले भने,–कयौं व्यापारीहरु अस्थ्य प्रतिश्पर्धाका कारण व्यवसायबाटै पलाउन हुदैं बैदेशिक रोजगारी जानुपर्ने अवस्था नआओस् ।’

कनकाई मदिरा व्यवासायी संघका अध्यक्ष तथा कार्यक्रका विषेश अतिथि गोपाल चुडालले सबै प्रकारका ब्राण्डको मूल्यमा एकरुपता हुनुपर्नेमा जोड दिए । उनले मूल्यमा एकरुपता नहुँदा त्यसको मार स्वयम् व्यापारीले भोग्नुपरेको उल्लेख समेत गरे । कार्यक्रममा मदिरा उत्पादक कम्पनीका बजार प्रतिनिधिहरुको उलेख्य सहभागीता रहेको थियो । ६० बढी मदिरा व्यवसायी रहेको मेचीनगर तथा बिर्तामोडका पुराना व्यवसायीलाई सोही कार्यक्रममा प्रोत्साहन स्वरुप सम्मान गरेको थियो ।

मदिरा व्यवसायी संघद्धारा शनिबार आयोजित भेला तथा चियापन कार्यक्रममा सहभागी बक्ताहरुले समयानुकूल व्यवसायीले गरेको निर्णयले बालबालिकाको पक्षमा वकालत गरेको बताए । उनिहरुले अवैध मदिराको कारोबारलाई रोक्न व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका थिए । बद्री घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य भण्डारीले स्वागत र देवि पाठकले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *