Sajhamanch Archive

शव काठमाडौँ पठाइयो

Published: in राष्ट्रिय समाचार by .

ताप्लेजुङ। ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ पठाइएको छ ।

बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो ।

बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेको थिए । तर अहिले मौसम खुलेपछि शव हेलिकप्टर राखेर काठामाडौँ पठाइएको छ ।

शव हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *