Sajhamanch Archive

लागु औषध दुव्र्यसनी विरुद्ध पाँच दिने सचेतना

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित डुँडामारीमा ५ दिने लागु औषध तथा दुव्र्यसनी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

समाजलाई लागु औषध दुव्र्यसनी मुक्त बनाउन युवालाई दुव्र्यसनीबाट बचाउन शिवसताक्षी नगरपालिका र सन्देश युथ फाउन्डेशनको संयुक्त आयोजनामा ५ दिने सचेतना कार्यक्रम गरिएको फाउण्डेशनका सचिव सुरेश निरौलाले बताए ।

सचेतनामा ५ जना प्रशिक्षकले सहजीकरण गर्ने बताइएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेत लगायतको उपस्थितिमा सचेतनाका कार्ययक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा ५५ जनाको उपस्थिति रहेको थियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *