Sajhamanch Archive

अन्तर मावि स्तरीय हाजिरी जवाफमा राष्ट्रिय रमणीय प्रथम

Published: in राष्ट्रिय समाचार by .

दूधे । नेपाल विद्यार्थी संघ जिल्ला समितिले आयोजना गरेको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । राष्ट्रिय रमणीयका सचिन राजवंशी, विद्या सिग्देल र करुणा दनुवारले १३ ओटा विद्यालयलाई पछि पार्दै ३२ अंकसहित प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै लालपानी मा.वि दोस्रो र पशुपति एकाडेमी झिलझिलले तेस्रो स्थान हासिल गरेका छन् । लालपनी माविका कञ्चन ओली, भरत खतिवडा, दिलबहादुर मगर सहभागी थिए भने पशुपति एकाडेमीतर्फ विश्वास पाठक, सागर भट्टराई र तुलसा चौहानले सहभागी थिए । लालपानीले २२ र पशुपतिले २० अंक प्राप्त गरेका थिए ।

प्रतियोगिता तीन राउण्डमा विभाजन गरिएको थियो । प्रथम हुने विद्यालयले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै दोस्रोले नगद ३ हजार र तेस्रो स्थान हासिल गर्ने विद्यालयले नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरेको छ । अन्तर माविमा हाजिरी जवाफमा प्रथम हुने विद्यालयलाई १५ ओटा स्थानीय तह बीच जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउने जिल्ला सदस्य अर्जुन भट्टराईले बताए । प्रतियोगितामा ९ ओटा सामुदायिक विद्यालय र ४ ओटा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।
हाजिरी जवाफ श्री रामणीय आदर्श माध्यमिक विद्यालय दूधेमा सम्पन्न गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *