Sajhamanch Archive

झापा गोल्डकप शनिबारबाट सुरु, उद्घाटन खेलमा झापा ११ र सहारा क्लब बीच भिडन्त हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

झापा। झापा गोल्डकपको चौथो संस्करण शनिबार सुरु हुँदैछ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने छन्।

उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखरा बीच भिडन्त हुनेछ। १८ फागुनदेखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ र ट्रफी पाउनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *