Sajhamanch Archive

साहारा क्लब पोखरालाई हराउँदै झापा ११ क्वाटर फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

झापा । मग मग झापा गोल्डकपको पहिलो खेल झापा ११ ले जितेको छ । झापा ११ एफसीले साहारा क्लब पोखरालाई २ –० गोल अन्तरले हराउँदै चौथो मग मग झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको ३९ औँ मिनेटमा झापा ११ का जर्सी नक्बर ९ का बिदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । संजोग राईको उत्कृष्ट क्रसलाई डिबक्स भित्रबाट बुखारीले जाली चुमाएका हुन् । पहिलो हाफकै ४५औँ मिनेटमा योगेश गुरुङ्को क्रसलाई कर्ण लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका संजोग राईले जाली चुमाउँदै झापाको अग्रतालाई दोब्बर बनाए ।

खेलको दोस्रो हाफमा पनि झापाले धेरै वटा अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन ।

घरेलु मैदान र सर्मथकको भरपुर साथ पाएको झापा ११ खेलको शुरुवात बाटै साहारा माथी हावी भएको थियो । आजको खेलको म्यान अफ द म्याच मग मग झापा ११ का जर्सी नम्बर ११ का संजोग राई घोषण भए ।

१० वटा टिमको सहभागीता रहेको झापा गोल्डकपमा भोलीको खेलमा बिभागिय टोली शसस्त्र प्रहरी बल र मोरङ ११ फुटबल क्लब भिड्ने छन् । फागुन २७ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *