Sajhamanch Archive

वैवाहिक बन्धनमा छिट्टै बाँधिदै कंगना

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

भारतीय अभिनेत्री कंगना रनौत आफ्नो वक्तव्य र कडा टिप्पणीका कारण सधैँ समाचार छाइरहन्छिन्। हालै उनी दिल्लीमा भएको एक कार्यक्रममा समावेश भइन्। उक्त कार्क्रममा उनले आफ्नो व्यक्तिगत जिन्दगीमा जोडिएका केही कुराको खुलासा गरिन्।

सोही कार्यक्रममा आफू रिलेसनशीपमा रहेको कुरा पनि कबुल गरिन्। एक भारतीय वेब पोर्टललाई दिएको अन्तर्वार्ताका क्रममा कंगनाले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुरा गरिन्। उनले आफ्नो जिन्दगीमा कोही विशेष व्यक्ति रहेको बताइन। तर ती व्यक्तिको नाम र परिचय भने खुलाउन चाहिनन्। उनले छिट्टै नै ती व्यक्तिसँग वैवाहिक बन्धनमा बाँधिने संकेत दिइन्। यद्यपि उनले दिन र समय भने बताउन इन्कार गरिन्।

उनले भनिन्, कसैलाई डेटमा त होइन तर मेरो जिन्दगीमा स्पेशल कोही छ। आफ्नो जिन्दगीको यो समयमा मलाई डेटिङभन्दा पनि यस्तो साथीको खोजीमा छु जसले मलाई र मेरो कामलाई मोटिभेटु र इन्सपायरु गरोस। सँधै आक्रमक रूपमा देखिने कंगनाले मजाक गर्दै भनिन्, मेरो अनुमानमा आक्रामक महिलालाई पुरुषले अत्यान्तै मनपराउँछन त्यसैले म सधैँ आक्रामक मुडमा रहन्छु।

तपाईंहरूलाई थाहा नहुनसक्छ, यसअघि कंगनाको अफेयर ऋतिक रोशनसँग थियो। ऋतिक आफ्नी श्रीमती सुजैनसँग सम्बन्धविच्छेदको प्रक्रियामा थिए। सोही समय कंगनासँग उनको सम्बन्धको खबरले सबैलाई अचम्म पारेको थियो। कंगनाले ऋतिकसँगको प्रेम सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गरेकी थिइन् भने ऋतिकले उक्त कुरा अस्वीकार गर्दै आएका थिए। तर, पछि सोही विषयलाई लिएर उनीहरू विवाद सुरु भएको थियो र दुवै अलगिएका थिए। (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *