Sajhamanch Archive

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

Published: in राष्ट्रिय समाचार by .

पोखरा ।   आज सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्।

आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो। माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ।

घाइते दुबैको नाम खुलेको छैन। गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए। ‘विजुलीको तारमा छोएर भूइँमा खसेका रहेछन् ,’ लालबहादुर गुरुङले भने, ‘विद्युतको तारमा छोएर झरेरको भएर होला एउटा हात नै जलेको छ। उनलाई गाउँलेले प्रहरीकोमा बुझाएका छन्।’ पोखराको आकाशमा अहिले अनुमति लिएको भन्दा भिन्न ठाउँमा विभिन्न मुलुकका प्याराग्लाइडरहरुले जथाभावि उँडान भर्दा दुर्घटना भइरहेको छ। त्यस्तै कास्कीकै मादी गाउँपालिकाको छाचोकमा भएको अर्काे प्याराग्लाइडिङ दुर्घटनामा  पाइलट घाइते भएका छन्।

६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्कीए। उनलाई स्थानीयले उद्धार गरिसकेका छन्। उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए। दुर्घटना परेको पाइलटहरु कुन स्थानबाट उँडान भरे त्यता पुगेको भन्नेबारे कुनै जानकारी नआएको र कुन कम्पनीबाट उँडेको जानकारी नभएको कास्की प्रहरीका डिएसपी रबीन्द्रमान श्रेष्ठले बताए।  आइतबार मात्रै पनि पोखरामा प्याराग्लाइडिङ फेवातालमा खस्दा रोमानियाका एक पाइलटको ज्यान गएको थियो।
थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *