Sajhamanch Archive

मेचीनगरमा निःशुल्क आँखा शिविर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । झापाको मेचीनगर ११ स्थित धाईजन स्वास्थ्य चौकीमा स्व. बच्छला देवी सोसियल फाउन्डेशनको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

शिविरमा प्रत्यक्ष्य रुपमा ३२० जना बिरामीले निःशुल्क सेवा लिनुका साथै आँखामा गम्भीर समस्या देखिएका १७ जना बिमारीले मेची नेत्रालय काकरभिट्टामा निशुल्क शल्यकृयाको अबसर प्राप्त गरेका छन् ।

सो अबसरमा निशुल्क औषधि एवं चस्मा समेत वितरण गरिएको थियो । शल्यकृया भएका सपूर्ण बिरामीले अस्पतालमा लाग्ने अतिरिक्त शुल्क सहित ल्याउने पुर्याउने यातायातको समेत ब्यवस्ता गरीएको छ। स्व।बच्छला देवीको जन्मदिनको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा गरिव तथा दिन दुखी स्थानीयले उपचारको मौका प्राप्त गरेका हुन् ।

स्व। बच्छला देवी सोसियल फाउन्डेशनको मुख्य आयोजना रहेको उक्त कार्यक्रमा मेची नेत्रालयको प्राविधिक सहयोग रहेको थियो भने धाईजन वडा कार्यालयले व्यवस्थापनमा सहयोग पुर्याएको थियो । हरेक बर्ष यस्तै सामाजिक कार्यमा अग्रसर हुदै आएको फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणको लागी १।५ कट्ठा जग्गा समेत दान गरेको छ । अष्ट्रेलियामा बस्दै आएका स्व। बच्छला देबीका नाति सुमन देउजाको आर्थिक सहयोग तथा फाउन्डेशनका सम्पूर्ण सदस्यको सकृयतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक कार्यमा रुची राख्ने बच्छला देवीकै कार्यलाई जीवन्त राख्न यस्ता कार्यलाई अघी बढाएको फाउन्डेशन उपाध्यक्ष हिमादेवी देउजा तथा सदस्य एवं कार्यक्रम संचालक लक्ष्मी कान्त खनालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *