Sajhamanch Archive

नेकपालाई चौंथो शोक, अस्ताए पूर्वसांसद पण्डित

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चौथो शोक परेको छ । नेकपाले एकपछि अर्काे गर्दै आफ्ना नेताहरु गुमाइरहेको छ ।

गएको १० गते प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीलाई गुमाएको नेकपाले त्यसयता थप तीन नेता गुमाउनु परेको हो । १५ गते बुधबार नेकपाका नेता तथा पर्यटनमन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

यस्तै, शनिबार राति नेकपाका नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको थियो । आज मंगलबार नेकपाले फेरि अर्का नेता गुमाएको छ ।

मंगलबार नेकपाका नेता तथा पूर्वसांसद गणेश पण्डितको हृदयघातबाट निधन भएको छ । आइतबार मात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।

७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।

कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा, तीन छोरी र श्रमिती छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *