Sajhamanch Archive

२७ जना दरबन्दीमा चार जना डाक्टर, नाम परिवर्तन गर्न दौडधुप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

महेन्द्रनगर ।कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय स्तरदेखि प्रदेश सरकारसम्म अञ्चल अस्पतालको नाम परिर्वतन गर्ने झ्याङ फैलिएको छ ।

महाकाली अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरको भरमा चलिरहेको छ । हालसम्मकै रेकर्ड हेर्दा ७ जना विशेषज्ञ डाक्टरभन्दा बढी कहिल्यै नआएको देखिन्छ । पछिल्लो समयमा अस्पतालभित्र आईसियू सेवाका लागि उपकरण जडान गरेको पनि ३ वर्ष बितिसकेको छ । दरबन्दीअनुसार डाक्टर ल्याउन नसक्दा यी आईसीयू, एनआईसीयूलगायतका सेवा ठप्प रहेका छन् ।

जडान गरिएका उपकरणमा खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । यसै अवस्थामा अस्पतालको नाम फेरेर अर्कै (भीमदत्त अस्पताल)राख्नेतर्फ नेताहरुको चाँसो बढेको पाइएको छ । नेपाल समाचारपत्र बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *