Sajhamanch Archive

पथरी शनिश्चर नगरपालिकामा ५० हजारले खाए हात्ती पाइलेको औषधि

Published: in राष्ट्रिय समाचार by .

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको आठौँ दिन सम्म आईपुग्दा ५० हजार २ सय ५८ ले औषधी सेवन गरेका छन् ।

कुल ८० हजार ५ जना जनसंख्या रहेको नगरपालिकामा कम्तिमा ६० हजार जनसंख्या यो औषधी सेवन गर्ने उमेर समुहको रहेको भएता पनि अव भने अभियान सफलताको पूर्व सन्ध्यामा नगर पुग्न लागेको नगर प्रमुख दिलिप कुमार राईले वताए ।

नगरको स्वास्थ्य शाखामार्फत सञ्चालित अभियानमा नगर प्रमुख राईले आज वडा नम्वर १, ३ र ७ को औषधि सेवनको अवस्थाकाबारेमा बुझेका छन् उनले अनुगमन्का क्रममा यसपटक औषधि सेवनको उत्साह देखिएको वताए ।

अघिल्ला वर्षहरुमा औषधिप्रति भएको भ्रम हट्दै गएको पाइएको उनको भनाई रहेको छ ।

नगरमा बुधवार ६ हजार ३ सय १२ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए । आजसम्ममा वडा नम्वर ७ को घरदैलो अभिायन सम्पन्न भएको र सो वडामा औषधि सेवन गर्न कोही छुटेको भए यो महिनाभरी स्वास्थ्य संस्थामा औषधि निशुल्क उपलव्ध गराईने आर्चायले वताए

आजको आठौँ दिनको कार्यक्रममा वडा नम्वर ६ मा भने ३ सय ५० जनाले औषधी सेवन गरेको वडा नम्वर ६ का वडा अध्यक्ष जय वहादुर तामाङले वताए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *