Sajhamanch Archive

अपराधिक घटनाहरुलाई न्यनिकरण गर्नका लागी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम

Published: in राष्ट्रिय समाचार by .

कमल । प्रहरी संम्पर्क कार्यक्रम अन्तरगत बुधबार झापाको कमल गाउँपालिकामा विद्यालय शिक्षा कार्यक्रम सन्चालन भएको छ ।
कमल गाउँपालिका केर्खा ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सन्चालन गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कार्यक्रममा लागु औषध के हो, यसका प्रकार लागु औषधको असर, लागु औषधको उत्पति, यसका कानुनी प्रकृया लगायतका विषयमा विद्यार्थी लगायत कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एकतेनले सहजिकरण गरेका थिए ।
गाउँ समाजमा हुने विभिन्न अपराधिक घटनाहरुलाई न्यनिकरण गर्नका लागी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सन्चालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यलयका रानी मोरङ्गका प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दहालले जानकारी गराए ।

श्री शहीद धर्मभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले यस्ता कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा सन्चालन गर्न सके किशोर अवस्थामा लागुऔषधको कुलतमा लाग्नबाट धेरै किशोर किशोरी जोगीने बताईन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी , प्यापसन झापाका उपाध्यक्ष गौरीमान फागो, एन प्याप्सन प्रदेश नम्बर एकका सचिव अग्नि प्रसाद कोईराला, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष अमल श्रेष्ठ विभिन्न संघ सस्थाका प्रतिनिधी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *