Sajhamanch Archive

चन्द्रगढी सामुदायिक बनद्वारा पर्यटकीय केन्द्र निर्माणमा तीब्रता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापा सदरमुकाममा रहेको चन्द्रगढी वन उपभोक्ता समितिले पर्यापर्यटकीय क्षेत्रमा प्रमुख पर्यटकीय केन्द्र निर्माणलाइ्र्र तीव्रता दिएको छ । भद्रपुर ९ स्थित सामुदायिक वन उपभोक्ता समितिले भद्रपुर नगरको प्रमुख गन्तव्य स्थल निर्माण अन्र्तगत २० वर्षे कार्योजनाका साथ सिमसार तथा पर्यटकीय प्रवद्घन परियोयना कार्य तीव्र गतिमा अगाडि वढाएको हो ।

सामुदायिक वन उपभोक्ता समिति ले वि सं २०७० सालबाट सुरु गरेको २० वर्षे गुरु योजना अनुसार प्रथमचरणमा ७५ लाख लगानी गरी पोखरी निर्माणलाई अन्तिमचरणमा पुर्याएको छ । सामुदायिक वन क्षेत्रमा रहेको सिमसारलाई पर्यटकीय आकर्षण केन्द्र बनाउने योजनाले ८० प्रतिशत सफलता पाउँदा पोखरी निर्माण अन्तिमचरणमा पुगेको हो । यस चरणमा ४.५ हेक्टर सिमसार क्षेत्रफलमा ताल निर्माणको काम ८० प्रतिशत काम पूरा भएको समितिका अध्यक्ष हिराप्रसाद पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार ९ हेक्टर क्षेत्रफलमा करिव ९ करोडको लागतमा सिमसार क्षेत्र निर्माण, मन्दिर , वनभोज स्थल निर्माण, वाफाई जोन, बालउद्यान सहितको आकर्षक गन्तव्य स्थल निर्माण गरी पर्यटकीय केन्द्रको रूपमा विकशित हुने छ ।

सिमसार विस्तार तथा पर्यटकीय क्षेत्र निर्माण गर्न समितिकी सचिव सकुन्तला पोखरेलको नेतृत्वमा ७ सदस्यीय निर्माण कार्य समिति मार्फत काम भइरहेको छ । यस समितिले यस वर्ष समितिको कोषबाट ७५ लाख तथा भद्रपुर नगरपालिकाले नगर साझेदारी कार्यक्रम अन्तरगतको २५ लाख अनुदान दिने गरी १ करोडको लागतमा माघदेखि पोखरी निर्माणको काम भइरहेको छ ।

सामुदायिक वन ४३० हेक्टरमा फैलिएको वन समूहको क्षेत्रभित्र चन्द्रगढी गाविसका ंवार्ड नं २,३,४,५,६ र ९ नम्बर वडाका २ हजार २ सय ३७ उपभोक्ताले प्रत्यक्ष फाइदा लिईरहेको समितिको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *