Sajhamanch Archive

कराँते खेलले नेपालको गरिमालाई विश्वसामु स्थापित

Published: in खेलकुद by .

मेचीनगर । नेपाल कराँते महासंघ, सितोरियो कराते संघ तदर्थ समिति संयोजक शम्भु आचार्यले नेपाली कराँते अब एक ढिक्का भएको बताएका छन् ।

झापा कराते प्राविधिक कमिटीले मंगलबार जिल्ला खेलकुद विकास समितिको सभा कक्षमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका उनले खेलको माध्यमबाट नेपालको गरिमालाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कराते एक हुन अनिवार्य रहेको धारणा व्यक्त गरे ।

त्यसक्रममा तदर्थ समिति सदस्य राजेन्द्र बराल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, सहायक प्रशिक्षकहरु किसन मोते, दुर्गाराज निरौला, विष्णु नेम्बाङलगायतले बोलेका थिए ।

उनीहरुले करातेभित्रको आन्तरिक टुटफुट र मतभेदका कारण खेलाडी र प्रशिक्षकमा नैराश्यता उत्पन्न हुँदै आएको र एकताको नयाँ खबरले सिङ्गो करातेमा उर्जा थपिएको प्रतिक्रिया दिए ।

सो अवसरमा समिति सदस्य ज्ञानेन्द्र राई, कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कराते प्रशिक्षक कालु मेचे, मेची भन्सार कार्यालय प्रमुख टेकबहादुर अर्याललगायत विभिन्न खेल विधाका प्रशिक्षकको उपस्थिति थियो ।

आयोजक कमिटीका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन कमिटी सचिव जगन कार्कीले गरेका थिए ।
करातेमा उत्पन्न विवाद अन्त्य गरी एउटै संघ निर्माणको प्रक्रिया अघि बढाउन राखेपले आचार्यलाई संयोजकको जिम्मेवारी दिएको थियो ।
यसअघि क्रियाशिल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे र संघका अध्यक्ष दावा गुरुङ नव गठित तदर्थ समितिको उपाध्यक्ष छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *