Sajhamanch Archive

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल) १ देखि २०७६ असार १५ गते (जुन ३००) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट)लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५/२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने ।

हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *