Sajhamanch Archive

राष्ट्रपति किन सधैँ विवादमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए ।

शीतलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घण्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो । यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरे ।

राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन । भिभिआइपीका सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रुट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र ट्राफिक प्रहरीले निर्धारित रुटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँछ । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *