Sajhamanch Archive

सांस्कृतिक विविधता नेपालीको पहिचान: ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन्। ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरेका छन्।

‘नेपाल आफैंमा एउटा संग्राहलय हो। यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ।’ प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *