Sajhamanch Archive

साँस्कृतिक विविधता नेपालको पहिचानः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।

ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गरेका छन् ।

“नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यति धेरै साँस्कृतिक विविधता छ ,जो अन्यत्र पाइदैन” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।”

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *