Sajhamanch Archive

पथरीमा आज संगीतिक साँझ हुने

Published: in टिप्स/जानकारी by .

पथरी । मोरङको पथरीमा आज स्प्राइट व्याण्ड च्यालेन्जको विजेता लोकप्रिय व्याण्ड अनुप्रस्थ पथरी आउने भएको छ ।

लागू औषध दुव्र्यसन बिरुद्द कार्य गरिरहेको अलाइभ फाउन्डेसन नेपालको मुख्य आयोजना तथा द रियल ब्रर्दश सोसियल ईभेन्टको सह आयोजनमा साङगीतिक साझ हुन लागेको हो ।

दुवै सस्थाको संयुक्त आयोजनामा तय गरिएको सो कार्यक्रले साँगीतिक प्रस्तुतिको माध्यामबाट समाजको वढ्दो लागुपदार्थ दुव्र्यसनलाई घटाई सभ्य र सिर्जनशिल समाज निर्माणमा सहयोग पु¥याउन मद्दत गर्ने फाउनडेसनका अध्यक्ष विपिन गुरुङले वताए ।

कार्यक्रमको माध्याम वाट नशा विनको मानव जिवन सुन्दर हुन्छ भन्ने मुल सन्देश दिन खोजिएको गुरुङको भनाई रहेको छ ।
लागू औषध लाई नाई भन) भन्ने मुल नाराको साथमा लागू औषध दुव्र्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको संस्थाले नशा बिनाको जीवन सुन्दर रहने संदेश सांगीतिक कार्यक्रमले दिने कार्यक्रम संयोजक भरत राईको भनाई रहेको छ ।

नाच न मैच्याङ्ग नेपाल टुर अन्तर्गत सो ब्याण्ड आज पथरी आउने भएको हो ।

पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने कार्यक्रममा अनुप्रस्थको अलावा स्थानिय गायक रविन कङ्दङ्वा, गायक तथा संगितकार देव गुरुङ्ग लगायतको समेत प्रस्तुति रहने अर्का संयोजक रोशन मादेम्वाले बताए ।

कार्यक्रमबाट संकलित रकम दुर्व्यसनमा फसेर आर्थिक अभावमा सुधार गृह जान नसकेका युवायुवतीलाई सुधार गृहमा गई नयाँ जीवन दिनमा खर्च गरिनुका साथै लागुऔषध दुव्र्यसनी बिरुद्ध सचेतना मुलक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम दिउसो ४ वजेदेखि हुने भएको छ भने सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च हुने फाउनडेसनका कोषाध्यक्ष मधु कार्कीले वताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *