Sajhamanch Archive

अमेरिकन पेस्तोलसहित संखुवासभाबाट २ जना समातिए

Published: in राष्ट्रिय समाचार by .

संखुवासभा । अमेरिकन पेस्तोलसहित संखुवासभाबाट २ जना समातिएका छन् । संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले गए राति अमेरिकन पेस्तोलसहित २३ वर्षीय बुद्धिमान तामाङ र ३६ वर्षीय सञ्जय तामाङलाई पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थानसहित सोही स्थान बस्ने बुद्धिमान र सञ्जयलाई पक्राउ गरिएको हो ।

हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *