Sajhamanch Archive

विप्लवको गाउँमा गोली चल्यो, ठूलो मात्रामा हतियार बरामद

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ गरेका व्यक्तिको नाम अहिले गोप्य राखिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एम १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन  २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।

त्यसक्रममा प्रहरीको गोली लागेर नेकपाका केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वमा गएका ३ टोलीले स्थानीय १५ भन्दा बढी घरमा छापा मारेको थियो ।

विप्लवका भतिज यादव चन्दको घरमा प्रहरीको विशेष टोलीले बिहीबार बिहान सर्च अपरेशन गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो । प्रहरीले छापा मार्ने क्रममा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिँदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।

बिहीबार बिहान ३ बजे पूर्व पश्चिम राजमार्गभन्दा ३ किलोमिटर दक्षिणमा रहेको शिवगढी गाउँमा पुगेको प्रहरी टोलीले घेरा हालेर स्थानीय घरहरुमा छापा मारेको थियो । त्यसक्रममा स्थानीय विद्ध्यालयका विद्ध्यार्थीले अवराेध समेत गरेका थिए ।

शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *