Sajhamanch Archive

बिर्तामोडमा भोलिदेखि ब्रदरको निःशुल्क सर्भिस क्याम्प

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । यहाँस्थित क्वालिटी कम्प्युटरको प्राङ्गणमा फागुन २४ र २५ गते ब्रदर कम्पनीका प्रिन्टर, फोटोकपी, स्क्यानर, फ्याक्स, लेवलिङ मेसिनहरुको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिने भएको छ ।

ब्रदर कम्पनीको रिजनल डिस्ट्रीब्युटर बिर्तामोडको क्वालिटी कम्प्युटरले नेपालका लागि ब्रदर कम्पनीको एकमात्र आधिकारिक बिक्रेता सागर डिस्ट्रीब्युसन प्रालिसँगको सहकार्यमा निःशुल्क सेवा प्रदान गर्न लागेको हो ।

क्वालिटी कम्प्युटरका तर्फबाट आज प्रेस विज्ञप्ती जारी गरेर ब्रदरका प्रिन्टर, फोटोकपी मेशिन, स्क्यानरलगायत सामग्रीहरुको निःशुल्क सर्भिस क्याम्प तथा एक्स्चेन्ज अफरबारे जानकारी गराएको हो ।

ब्रदर जापानीज कम्पनी हो, जसले विगत १११ वर्षदेखि विश्वका कैयन मुलुकहरुमा प्रिन्टर, सिलाई मेशिन प्रविधिहरुका विविध क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको सो उत्पादक कम्पनीका उत्पादनहरु नेपालका सबैजसो उपभोक्ताको रोजाइमा पर्ने गरेकाले प्राविधिक समस्याहरु पनि बेलाबखत आउनु अस्वाभाविक नरहेको विज्ञप्तीमा उल्लेख छ ।

३ वर्ष पहिले पूर्वी नेपालका उपभोक्तालाई लक्षित गरेर ब्रदर कम्पनीका उत्पादनहरुको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिएको भएपनि यो बीचमा कम्पनीका तर्फबाट यस्तो सेवा प्रवाह गर्न नसकिएकाले उपभोक्ताको आवश्यकता र चाहानालाई पूरा गर्न फागुन २४ र २५ गते क्वालिटी कम्प्युटरको प्राङ्गणमा निशुल्क सर्भिस क्याम्प सञ्चालन गरिने विज्ञप्तीमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *