Sajhamanch Archive

रहेनन् कुुस्ति संघका केन्द्रिय सदस्य ठाडा

Published: in राष्ट्रिय समाचार by .

इटाभट्टा । नेपाल कुस्ति संघका केन्द्रीय सदस्य सुदीप ठाडा मगरको बुधबार ४७ वर्षको उमेरमा निधन भएको छ ।

विगत ४ वर्षयता प्रेसर र सुगर रोगबाट पीडित मेचीनगर—७ निवासी उनको उपचारका क्रममा बुधबार राती ७ बजे विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा निधन भएको हो ।

स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई मंगलबार राती धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्याइए पनि उपचार सम्भव नभएपछि विर्ता सिटीमा भर्ना गरिएको थियो ।

संघका झापा उपाध्यक्ष वेदनिधी भण्डारी(उमेश) का अनुसार पछिल्लो समय उनी आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कुस्तीको हालै सम्पन्न प्रदेश नम्बर १, २ र ७ को प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा व्यस्त थिए । खेलकुदसंगै राजनीति र सामाजिक क्षेत्रमा समेत उत्तीकै क्रियाशिल सुदीपको निधनले अपुरणिय क्षती पुगेको कुस्ती संघका झापा सहसचिव धर्मानन्द पौडेल बताउँछन् ।

स्व. मगरकी छोरी सिम्रन पनि कुस्ती खेलाडी हुन् । कुस्तीको हालै सम्पन्न १ नम्बर प्रदेशस्तरीय प्रतियोगिताको स्वर्ण पदक विजेता उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट छनोट भएकी छन् ।

स्व. मगरका बुवा गोपाल, आमा चन्द्रकला, श्रीमती उर्मिला, छोरी सिम्रन र छोरा सृजन छन् । मगरको बिहीबार दिउँसो धुलाबारीस्थित नन्दा गंगा आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनको शव यात्रा र अन्त्येष्टि कार्यमा राजनीति, खेलकुद, सामाजिकलगायत क्षेत्रका व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *