Sajhamanch Archive

सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति, सीके राउतका कार्यकर्ताको मुद्दा फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं ।  सरकार र स्वतन्त्र मधेश आन्दोलनका नाममा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएको सीके राउतबीच ११ बुँदे सहमति भएको छ ।

राष्टिय सभागृहमा आयोजित कार्यक्रममा सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट सीके राउत (चन्द्रकान्त)ले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

राज्यविरुद्धको अपराधलगायत सम्पूर्ण मुद्दा फिर्ता लिने र हिरासतमा रहेका मुद्दा निशर्त फिर्ता लिने सहमति भएको छ ।

सहमतिपत्र पढेर सुनाउँदै गृहसचिव प्रेमकुमार राईले राउत समूहका क्रियाकलापमा कुनै बन्देज नलगाइने बताए । सहमति पत्रमा राउतका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *