Sajhamanch Archive

सिके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने बाटो बन्द भयोः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं ।  पृथकतावादी आन्दोलन छोडेर मुल धारको राजनीतिमा आएका डा सिके राउतको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशामा शब्द खर्चिएका छन्।

राष्ट्रिय सभा गृहमा भएको विशेष सम्बोधनका क्रममा मञ्च शेयर गर्दै प्रधानमन्त्री ओलीले सिके राउतसँग असाधारण क्षमता रहेको बताए। उनले सिके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने धेरैको बाटो बन्द भएको समेत बताए। ‘सिके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने धेरै थिए तिनका रोटी अब काँचै भए’, उनले भने, आफूमाथि ढुंगा हान्नेमाथि गुलावको फूल दिने सिके राउतले यस्तो गर्‍यो।

हिंसा फैलायो भन्थे अब त्यो सकियो।’ उनले सिके राउत र उतका पार्टीका नेता तथा कार्यकर्तालाई कुनै  आशंका र दुविधामा नपर्न आग्रह गर्नै अब शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरे। उनले भने,  ‘सिके राउत र तपाईंको पार्टीका कार्यकर्ताहरू कुनै आशंकामा नपर्न र दुविधामा नपर्नुस्। अबको राजनीति शान्तिपूर्ण राजनीतिको हो।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *