Sajhamanch Archive

नारी दिवसमा १ सय ५ वर्षीय बृद्धा सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा समाज सेवाका विभिन्न पक्षमा सेवामुलक काम गरिरहेको चन्द्रगढी सेवा समाज भद्रपुर १० ले ३ जना फरक विशेषता बोकेका नारीलाई सम्मान गरेको छ ।

अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर समाजद्वारा भद्रपुर ९ की १०५ वर्षीया गंगादेवी उप्रेती, भद्रपुर १० की ८४ वर्षीया दृष्टिविहीन इन्द्रमाया काफ्ले र २५ वर्षीया शारीरिक अपाङ्गता भएकी युवती विनिता लामिछाने थापालाई घरमै गएर सम्मान गरिएको हो । संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मानित व्यक्तित्वका वारेमा क्रमशः दीपबहादुर राउत, खिलनाथ पाण्डे र खड्गबहादुर बुढाथोकीले प्रकास पारेको कार्यक्रममा समाजसेवी विष्णुप्रसाद शिवाकोटी, घनश्याम अधिकारी र विष्णुप्रसाद काफ्लेले मन्तव्य राख्दै जेष्ठ नागरिकका रूपमा रहेका आमाहरूको संरक्षणमा सन्तानले कर्तव्य विर्सनु नहुने धारण राख्दै अशक्त तथा अपाङ्गता भएका नारीले समाजभित्र सम्मानित जीवनयापनको वातावरण समाजे निर्माण गरिदिनु पर्ने धारणा राखेका थिए ।

समाजकी सचिव देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ९ नम्बरका वडाध्यक्ष शनिलाल राजवंशी, समाजसेवी चूडामणि मैनाली, रामप्रसाद पोखरेल, ध्रुव न्यौपाने, इन्द्रबहादुर कार्की, भिम दाहाल, अर्जुन खरेल लगायत विशिष्ठ अतिथि रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *