Sajhamanch Archive

मोर्डन अङ्ग्रेजी माविमा विविध कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयको २४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेन्द्र श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक प्रस्तुती सहित कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयको वार्षिक गतिविधि तथा भावी योजना वारे प्रधानअध्यापक मंगल थापाले प्रतिवेदन प्रस्तुत गर्दै अतिरिक्त कृयाकलापलाई जीवन उपयोगी शिक्षाका रूपमा विकास गरिरहेको प्रष्ट पारे । उनले सैद्धान्तिक शिक्षाले व्यक्तिका सम्पूर्ण आवश्यकता पूरा गर्न नसकिरहेको उदाहरण प्रस्तुत गर्दै व्यवहारमुखी शिक्षा बनाउन अतिरिक्त कृयाकलापलाई विदलयले अनुशरण गरिरहेको जानकारी दिए ।

विद्यालयका शिक्षक द्वय निशान्त दाहाल र अनिरवानकुमार दासले सम्युक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर शिक्षा अधिकारी दिनेशराज न्यौपाने, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालय शिक्षालाई जीवन उपयोगी सीप र सफल जीवन जिउने कलासित जोड्न सक्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीले विविध गीत तथा साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *