Sajhamanch Archive

विर्तामोडमा सामुहिक दिप प्रज्वलन

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । विधान प्रदत्त महिला अधिकार कार्यान्वयनका लागि उपलब्धी मुलक वर्ष बनोस् भन्ने कामना गर्दै झापामा क्रियाशिल डेढ दर्जन बढी संघसंस्थाको सहभागितामा विर्तामोडमा सामुहिक दिप प्रज्वलन गरिएको छ ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवस–८ मार्चका दिन शुक्रबार साँझ भेला भएका संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले ११० औं नारी दिवस मनाउँदा अधिकार कार्यान्वयन भएको वर्षका रुपमा मनाउन सबैले भूमिका खेल्नुपर्नेमा वक्ताहरुले जोड दिएका दिए ।

दिप प्रज्वलनपूर्व आयोजित सभालाई विर्तामोड नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतारा प्रसाई, अधिवक्ताहरु कमला आचार्य, लक्ष्मी खनाल, सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समितिकी अध्यक्ष संगीता रौनियार, नारी सञ्चार गृह झापाकी कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी, महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ अध्यक्ष पार्वता विमली, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी रञ्जु प्याकुरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औचित्यमाथि एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले प्रकाश पार्नु भएको थियो भने वीरता लेडी जेसीजकी अध्यक्ष सरु खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन रेजिना गौतमले गरेकी थिइन् ।

कार्यक्रममा पारिजात महिला समूह झापा, सत्य साई केन्द्र विर्तामोड, जरोकिलो महाअभियान झापा, वीरता जेसीज, नारी संजाल सन्ध्या जागरण झापा, च्याम्बर अफ कमर्श झापा, नेशनल ब्यूटिसियन युनियन नेपाल, राष्ट्रिय सौन्दर्यकर्मी झापा लगायतका संघसंस्थाको सहभागिता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *