Sajhamanch Archive

थ्री स्टारलाई ट्राइबेकरमा हराउँदै झापा ११ फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by .

झापा । विर्तामोडको डोमालाल रंगाशालामा जारी झापा गोल्डपको शुक्रबारको खेलमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । थ्री स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक झापा ११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलको निर्धारीत ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि १५ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको १५ मिनेट पनि गोल रहित समाप्त भएसँगै खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा झापाका देभेन्द्र तामाङ्, दिनेश थापा मगर र पुजन उपरकोटीले गोल गरेका थिए । थ्री स्टारका लागि रञ्जित धिमालले मात्र गोल गर्न सफल भए ।

खेलमा म्यान अफ दी म्याच टिम झापाका गोल रक्षक दिनेश थापा मगर घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । शनिवार दोस्रो सेमिफाइनल खेल बिभागिय टोली त्रिभुवन आर्मी क्लब र दाफिन्स फुटबल क्लब क्यामरुन क्लबबीच हुने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *