Sajhamanch Archive

विप्लवलाई ‘तत्त्व’ को संज्ञा दिँदै गृहमन्त्रीले भने, ‘तिनीहरु छिट्टै निस्तेज हुन्छन्’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।  गृहमन्त्री राम बहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टी ९विप्लव समुहलाई ‘तत्त्व’ को संज्ञा दिँदै उक्त समुह छिट्टै निस्तेज हुने दाबी गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री बादलले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘छिट्टै तिनीहरु तिस्तेज हुन्छन्, सरकार त्यसको विरुद्ध कठोरतापूवर्क प्रस्तुत हुन्छ ।’
सरकारले आफ्नो एक बर्ष पुरा गर्दैगर्दा केही आपराधिक तत्वहरु शान्ति सुरक्षामा बाधक बनेको उल्लेख गर्दै ‘बादल’ ले भनेका छन्, ‘केही संविधान विरोधी र शान्तिविरोधी तत्त्वहरुले छिटफूट रुपामा शान्ति सुरक्षामा अवरोध खडा गरेका छन्,  तिनलाई निस्तेज र नियन्त्रण गर्नेछौं ।’

विप्लव नेतृत्वको नेकपाले ध्वंसात्मक गतिविधि विस्तार गरेको भन्दै गृमहमन्त्री ‘बादल’ले राष्ट्रको सुरक्षाको निम्ति उक्त समूहले केही समस्या उत्पन्न गरेको भएपनि ‘विप्लव’ धेरै ठूलो चुनौति नभएको दाबी गरे ।

‘विगतमा कतिपय पक्षबाट संरक्षण र उन्मुक्ति दिएको हुनाले उक्त समूहको हौसला बढेको हो’ गृहमन्त्रीले भने, ‘त्यसको निम्ति नेपालमा कुनै वस्तुगत अधार छैन, हिजो राज्य व्यवस्थामा धेरै कमजोरी थिए त्यसको विरुद्ध जनताले आवाज उठाएका थिए, अहिले गणतन्त्र स्थापना भएर देश विकासमा अगाडि बढेको हुनाले त्यस्ता तत्त्वहरुको विकास हुने कुनै सम्भावना छैन् ।’

हिंसात्मक गतिविधि गर्न आवश्यक नभएको भन्दै ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई संविधान मार्फत आफ्ना मागहरु राख्न आग्रह गर्दै यदि मूलधारमा नआए कानुन बमोजिम नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।
भर्खरै सर्वोच्चको आदेशले जन्मकैको फेसला सुनाइएका रेशम चौधरीबारे पत्रकारले सोधेको प्रश्नमा ‘बादल’ले भने, ‘त्यो अदालतको विषय हो, अदालतको निर्णयमा सरकारको कुनै हस्तक्षेप हुँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *