Sajhamanch Archive

असक्त अपाङ्ग बालबालिकालाई सहयोगार्थ गोर्खाली हटको अभियान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवतसाक्षीमा रहेको गोर्खाली हर्डले असक्त अपाङ्ग बालबालिकाहरुलाई सहयोगार्थ अभियान चलाएको छ ।

पुकार अपाङ्ग तथा असक्त समाज सुरुङ्गामा रहेका बालबालिकाहरुलाई सहयोग गर्न गोर्खाली हर्टले फेसबुक मार्फत अभियान गएको ५ दिनदेखि अभियान चलाएको हो । संस्थाले पुकार असक्त अपाङ्ग समाजको अवस्था नाजुक देखेपछि संस्थाको ६ महिनाको भाडा र त्यहाँ आश्रित बालबालिकाहरुलाई लत्ता कपडा गरी ८० हजार सहयोग गर्ने संस्थाका सदस्य सुरज बस्नेतले जानकारी दिए ।

उनले गएको प्रणय दिवसको दिन बालबालिकाहरुलाई गोर्खाली हटले खाना खुवाएको बताए । उनले भने हामीले खाना खुवाएको थिर्यौं तर त्यस संस्थाको अवस्था नाजुक देखेपछि मानविय हिसावले त्यहाँ आश्रित बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता सहित अभियान चलाएका हौं । उनले गोर्खाली हट फेसबुक पेजमार्फत कतार, साउदी, कोरिया, साइपसबाट ३० हजार रकम जुटेसकेको बताए ।

आउँदो फागु पूर्णिमाको दिन ८० हजार रकम जुटाई संस्थालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गोर्खाली हटका सञ्चालक जि. एन लिम्बुले जानकारी दिए । हाल पुकार असक्त तथा अपाङ्ग समाज सुरुङ्गामा ८ देखि २३ वर्षसम्मका १७ बालबालिका छन्। यीमध्ये चार जना मात्र बोल्न सक्छन्। अरूको अवस्था एकदमै नाजुक रहेको सस्थाकी सञ्चालकध निर्मला बताइन् । उनीहरू हिँडडुल गर्न सक्दैनन्। कोही ओछ्यानै परेका छन् भने कोही ह्विलचेयरमा समय बिताउँछन् उनले भनिन् ।

निर्मलाले संस्थामा झापा, मोरङ, धनकुटा तथा तेह्रथुमका बालबालिकालाई पाल्दै आएकी छन्। संस्थामा दुई जना काम गर्ने र एक शिक्षकको व्यवस्था गरिएको छ। उनीहरूलाई मासिक १० हजारका दरले ३० हजार रुपैयाँ खर्च हुने गरेको उनले बताइन्। उनका अनुसार मासिक ८० हजार खर्च हुन्छ। घर भाडा मासिक १४ हजार तिरिरहेको उनको भनाइ छ।
उनले गोर्खाली हट नामक फेसबुक अभियान मार्फत केही रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन् । उनीहरु जस्ता संस्थाहरुको सहयोगले मात्र यसमा आबद्ध बालबालिहरुलाई पालन पोषण गर्न सकिएको जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *