Sajhamanch Archive

महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती, सात जना सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती तथा १६ औं सभा सम्पन्न गरिएको छ । उपशाखाका सभापति श्यामदेव दाशको अध्यक्षता तथा भद्रपुर नगरपालिककी उप–प्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उपशाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ७ जनालाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा जग्गादाता चमकलाल राजवंशी, पूर्व सभापति उपेन्द्रनाथ पौडेल, गोपाल घिमिरे, संस्थापक आजिवन सदस्य निर्वारण सिंह राजवंशी, भवन निर्माणकर्ता श्यामनन्द सिंह र रेडक्रस कर्मी बद्रीबहादुर कार्कीलाई दोसल्ला ओडाई सम्मान पत्रले सम्मानित गरिएको हो ।
त्यस्तै उपशाखाका पूर्व सभापति स्व. बखत बा. खड्कालाई मरणोपरान्त सम्मान गरिएको थियो ।

उपशाखाका सचिव चमकलाल राजवंशीले संचालन गरेको कार्यक्रममा रेडक्रस झापाका मन्त्री कृष्ण मैनाली, चन्द्रभानु मा.वि. का प्रधानाध्यापक डिल्ली पोखरेल, रेडक्रसकर्मी तिलक सिंह पाण्डे लगायतले शुभकामना मनव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *