Sajhamanch Archive

जंगल भित्र मुर्ती हेर्नेको घुइँचो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बेलबारी । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तीकला कार्यशाला सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यशालामा ६ देशका ३० जना मुर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगामा मुर्ती कुदेर पर्यटक लोभ्याई राखिएको छ । त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारले आफ्ना नया सृजना कुदिर छाडेका छन ।
राम्रा राम्रा कला कृतिहरु निमार्ण गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णको थालनी गरेको वडा अध्यक्ष गंगा याक्खाले बताउछन ।

५० वटा मुर्ती गरी सुन्दर बगौचा निर्माण गर्ने उद्देश्यका साथ कार्यशालामा सुरु भएको हो । सो पार्कमा जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तीकला विभागका प्रमुख लालकाजी लामा सहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तीहरु खोपेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तीकार रहेको सुन्दर मुर्तीहरु सजिएका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मुर्ती तयार पारेका हुन् । सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा तयार पारि आउदा दिनमा पुर्वकै नमुना पार्क निर्माण गर्ने सोच लिएको वनका अध्यक्ष छत्र लिम्बु बताउँछन ।
करिब १ करोड ८४ लाखको लागतमा तयार भएकोे पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को मुर्ती र मनमोहर काल्पनिक मुर्तीसहित बेलबारीलाई पहिचान गराउने सृजना रहेको कार्यशालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तीकला विभागका प्रमुख धनु याक्खाले बताए ।

पार्कमा आउने पर्यटकको मन लोभ्याउन अफ्नो सुन्दर अकृती तयार गरि पर्यटक माझ छोड्न अफुहरु लागि परेको कलाकार हिम्मत नेम्वाङ बताउछन ।

सो कार्यशाला बेलबारीका कलाकार धनु याक्खा द्धारा धनु आर्ट स्टुडियोको सहयोग बेलबारी नगरपालिका तथा सृजना सामुदायिक वनको आयोजनामा सुरु भएको छ । कार्यशाला सम्पन्न गराउनको लागि बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *