Sajhamanch Archive

कर्मचारी फुटबल प्रतियोगिताको उपाधि भद्रपुरलाई

Published: in खेलकुद by .

भद्रपुर । झापाको भद्रपुरमा सञ्चालित नगरपालिकाका कर्मचारीहरुको नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्तामोड नगरपालिकाले जितेको छ ।

मेची रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई २–० गोलअन्तरले पाखा लगाउँदै विर्तामोडले नगरपालिका कर्मचारीस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको हो । दुबै गोल मध्यान्तरअघि भएको थियो । अर्जुनधाराले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेलमा फर्किन सकेन ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन भद्रपुर इकाईको आयोजनामा सञ्चालित प्रतियोगितामा झापाका आठवटै नगरपालिकाले सहभागिता जनाएको थिए । अघिल्लो शनिबार भएको पहिलो चरणको खेलबाट आयोजक भद्रपुर, विर्तामोड, अर्जुनधारा र कनकार्य नगरपालिका सेमीफाइनलमा पुगेकोमा शुक्रबार भएको सेमीफाइनल खेलमा अर्जुनधाराले भद्रपुर र विर्तामोडले कनकाई नगरपालिकालाई पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरेका थिए ।
फाइनलमा जीतसँगै विर्तामोडले शिल्ड र नगद ३० हजार हात पार्यो भने उपविजेता अर्जुनधाराले शील्डसहित २० हजार नगद प्राप्त गर्यो । म्यान अफ द सिरिज विजेता विर्तामोड नगरपालिकाका प्रभास थापामगर घोषित भए । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई समापन समारोहकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले शील्ड, मेडल तथा नगद प्रदान गरेका थिए । आयोजक एशोसिएशनका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन सामाजिक शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

गत वर्ष भद्रपुर नगरपालिका विजेता बनेको थियो । विजेता नगरपालिकाले प्रतियोगिता आयाजना गर्नुपर्ने नियमानुसार अर्को वर्ष यस वर्षको विजेता विर्तामोड नगरपालिकाले प्रतियोगिता आयोजना गर्नु पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *