Sajhamanch Archive

दुई व्यक्तिलाई एउटै भनी ‘रहस्यमय’ आदेश जारीः महिलाको आधा अंश खोसियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।

तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाका ४ वटी श्रीमती थिए । पहिलो र दोस्रो श्रीमतीलाई विभिन्न आक्षेप लगाउँदै उनले घरबाट निकालेका थिए । पहिलो श्रीमतीकी एक छोरी छिन् । तेस्रो श्रीमतीबाट तीन छोरी जन्मिए । यस्तैमा उनले चौथो श्रीमती भित्र्याए र उनका साथमा एउटा छोरा जन्मियो । तेस्री श्रीमती सुकुम थापाले दायर गरेको अंश मुद्दामा चलखेल हुँदै जाँदा न्यायाधीशहरूले ‘रहस्यमय’ आदेश गरेको भेटिएको हो ।कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *