Sajhamanch Archive

भयावह राजधानीः बासिन्दा प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बन्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । घाम लागे धुलो, पानी परे हिलो १ राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन् ।

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा। ढुण्डिराज पौडेलसमक्ष पछिल्लो समय सबैभन्दा बढी प्रदूषणकै कारण बिरामी परेका मानिस पुग्ने गरेका छन् । दैनिक आफूले परीक्षण गर्ने १० देखि १५ जना बिरामीमा प्रदूषणकै असर बढी देखिने गरेको उनी बताउँछन् ।

‘कोही घाँटी चिलाउने समस्या लिएर आउँछन्, कोही लामो समय नाक बन्द हुने समस्या लिएर आउँछन् । उनीहरूको समस्या एउटै कारणले निम्तिएको हुन्छ’, डा। पौडेल भन्छन्, ‘कसैलाई धुलोधुवाँको कारण एलर्जी भएको हुन्छ भने कसैलाई यही कारणले पुरानो समस्या बल्झिएको हुन्छ ।’ अन्नपूर्ण पोस्ट् दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *