Sajhamanch Archive

पानीजहाजमा ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ ।

उक्त पानीजहाजमा ४ जना चालक दलका सदस्यसहित १ सय २१ जना यात्रु रहेको बताइएको छ ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *