Sajhamanch Archive

१४९ यात्रु सहित इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

Published: in राष्ट्रिय समाचार, by .

इथोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडान भरेको इथोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनामा परेको छ।

विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ। एयरलाइन्सका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानीय समय अनुसार आइतबार बिहान ०८:४४ बजे भएको हो। जहाज इथोपियाको राजधानीमा यात्रु भरेर उड्ने क्रममा दुर्घटनाग्रस्त भएको उनले बताए।

उक्त घटनामा कति मानवीय क्षति भयो भन्नेबारे अहिलेसम्म इथोपियाली सरकारले आधिकारिक जानकारी दिएको छैन। एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको खोजी र उद्धार कार्य जारी रहेको बताएको छ। हताहतीको बारेमा केही नबताइता पनि इथोपियाका प्रधानमन्त्रीले मृतकका परिवारका सदस्यप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। ‘दुर्घटनामा ज्यान गुमाउने परिवारका सदस्यप्रति गहिरो समवेदन व्यक्त गर्दछु’, भन्दै उनले ट्विट गरेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *