Sajhamanch Archive

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाः एक नेपालीको पनि मृत्यु भएको पुष्टि, कुन देशका कति जनाको ज्यान गयो ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।  इथपियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुसहित ८ जना चालकदलमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो ।  एयरलाइन्सका

अनुसार एक युएनको पासपोर्ट बाहक र अर्का एक नेपालसहित ३५ देशका नागरिक विमानमा सवार थिए  । एयरलाइन्सको मृतकको नामावली सार्वजनिक गरिनसकेको भएपनि मृतकको देश भने खुलाएको हो ।  एयरलाइन्सका अनुसार दुर्घटना मा सबैभन्दा धेरै केन्याका ३२ जनाको मृत्यु भएको छ ।

यस्तै १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ ।  इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा परेको थियो ।

मृतकबारे पछिल्लो विवरण

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *