Sajhamanch Archive

मगमग झापा गोल्डकपको फाइनलमा प्रमोद खरेलले सांगीतिक प्रस्तुति दिने

Published: in टिप्स/जानकारी by .

बिर्तामोड । चौथो मगमग झापा गोल्डकपको फाइनल खेलमा चर्चित गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

फागुन २७ गते सोमबार हुने फाइनल प्रतियोगिताअघि खरेलले आफ्ना लोकप्रिय गीतबाट दर्शकलाई मनोरञ्जन दिने भएका हुन् । खेलकुदलाई नजिकबाट हेर्ने खरेलले खेलकुदसम्बन्धी गीतसमेत गाएका छन् ।

फागुन १८ गतेबाट सुरु मगमग झापा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लब र मगमग झापा ११ फुटबल क्लब आमने(सामने हुँदैछन् ।

गायक खरेलको साङ्गीतिक प्रस्तुतिसँगै इस्ट होराइजन माविको सांस्कृतिक कार्यक्रम पनि रहेको झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । खरेलले उनको नयाँ गीत ‘यो कुरा गोप्य’, ‘हङ्गामा भो’, ‘मबिना कसैकसैलाई’, ‘ओइ झुमा’, ‘मेरो देश प्यारो नेपाल’, ‘याद गर्न पनि’, ‘चल बतास चल’, ‘हे माया’, ‘उसले जति माया तिमीलाई मैले पनि’, ‘लाइदेउन मायाले’ लगायत दर्जनौँ गीतबाट फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । साङ्गीतिक कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय पूर्वफुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्वराष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागिएको छ । झापा गोल्डकपले प्रत्येक वर्ष पूर्वफुटबलरलाई नगद २५ हजारसहित सम्मान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *