Sajhamanch Archive

निजी वनसँग सहकार्य गरेर सामुदायिक वनलाई अघि बढ्न सुझाब

Published: in राष्ट्रिय समाचार by .

झापा । पारिवारिक निजी वन तथा निजी वन सञ्जालसँग मिलेर काम गर्न सामुदायिक वनलाई डिभिजन वन कार्यालयले अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले अव पुर्व झापाको नदी किनाराको खाली जमिन र किसानको खाली जमिनमा पारिबारिक निजी वन र निजी वन सञ्चालसँग मिलेर सामुदायिक बनले काम गर्न सके परिणाम चाँडो देखिने र सहकार्यले सकारात्मक असर पार्ने बताएका छन् ।

झापाको धुलावारीमा मेचीनगर सहकारी सस्थाको सभाहलमा सव डिभिजन स्तरिय तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै डि एफ ओ घिमिरेले अव झापामा निजी वनसँग सहकार्य गरेर अघि बढन सके राम्रो परिणाम निकाल्न सकिने भएको बताए ।
गोष्ठीमा पुर्व झापाका १९सामुदायिक वनका पदाधिकारीहरु ,पारिवारिक निजी वन सघ नेपाल तथा निजी बन सञ्चाल र मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा सरक्षण समिती झापाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

मेची सव डिभिजन कार्यलयका प्रमुख राजन रार्इको सञ्चालनमा भएको गोष्ठीमा बन डिभिजन कार्यलय झापाका प्रमुख विष्णु घिमिरे, पारिवारिक निजी वन सघ नेपालका प्रदेश नम्वर १का सचिवालय सदस्य राजक्मार ओली ,मानव हात्ती द्दन्द्द व्यावस्थापन तथा सरक्षण समिती झापाका अध्यक्ष हरि उप्रेती, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष हिरा पोखरेल, थोप्लेविरान सामुदायिक वनका सचिव जान्का अ‍ोली,लगाएतले वन क्षेत्र भित्रको समस्या र अव बजेटले समेट्नु पर्ने योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए ।यो वर्ष मात्रै मेची सव डिभिजन कार्यलय झापाका लागि २ करोड ८० लाख रुपैयाको बजेट तर्जुमा गरिएको सव डिभिजन कार्यालय मेचीका प्रमुख राइले जानकारी दिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *