Sajhamanch Archive

नेपाल एसोसिएसनको नामबाट एनआरएनए युएईमा दर्ता

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार by .

यूएई । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा नेपाल एसोसिएसनको नाम विधिवत दर्ता भएको छ ।

यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो । अबका दिनमा संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा कानुनी रुपले काम गर्ने सक्नेछ ।

रमेश श्रेष्ठ अध्यक्ष रहेको १० सदस्यीय कार्यसमितिमा क्रमशः निर्मल कुमार पोख्रेल, राजु केसी, कृष्ण प्रसाद पौडेल, नबिन पौडेल, थक्कर बहादुर कार्की, कल्पना राइ, नेत्र शर्मा बोर्ड डाइरेक्टर रहेका छन । युएईको कानुन अनुसार २ जना स्थानीय बोर्ड डाइरेक्टरमा रहनु पर्ने प्रावधान अनुसार ओेमर मतर बकित खल्फान अल बालसी र आमल मोहमद अली मोहमद रहेका छन ।

संघका अध्यक्ष रमेश श्रेष्ठले नेपाली संस्था दर्ता हुनु गौरबको कुरा भएको बताउँदै नेपालीहरुलाई संगठित गर्दै एकीकृत गर्न प्रयास गर्ने बताए ।

एनआरएनए युएई कानुनी रुपमा वैधानिकता पाउने युएईको दोस्रो नेपाली सामाजिक संस्था हो । यस अघि ‘हामी नेपाली’ नामक संस्था दर्ता भएर वैधनाकिकता पाएको थियो । गैर आवासिय नेपाली संघ यूएईले बिगत १ वर्ष देखि नै दर्ता थालनी गरेपनि संस्थाले आइतबार मात्र प्रमाण पत्र प्राप्त गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *