Sajhamanch Archive

‘विप्लवले मेरो ‘नक्कल’ गर्न खोजेका हुन्, तर, यो पार लाग्ने बाटो होइनः प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आतंकको राजनीति छोडी मूलधारको राजनीतिमा आउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेका छन् ।

पोखरामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा विप्लव अब मूलधारको राजनीतिमा आउनु पर्ने बताए । उनले २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने समेत चेतावनी दिए ।

अहिले देश समृद्धिको दिशामा अगाडि बढ्न खोजी रहेका बेला देशलाई अशान्तिको बाटोतिर धकेल्ने काम कोहीबाट हुन नहुने बताउँदै प्रचण्डले विप्लवलाई राम्रोसँग चिनेको बताएका छन् ।

विप्लव आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले थपे, ‘मैले वा पार्टीले झण्डै २५ अघि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’ ‘प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *