कमल गाउँपालिकाका छात्रालाई सेनेटरी प्याड निर्माण तालिम
Published: (Updated: )
by .
कमल । समावेशी महिला शसक्तिकरण केन्द्रको आयोजना र कमल गाउँपालिकाको आर्थिक सहयोगमा वासेवल सेनेटरी प्याड निर्माण सम्वन्धिको तालिम सोमबार केर्खामा गरिएको छ ।
कमल गाउँपालिकाका ७ वटै वडामा भएका सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरेर सञ्चालन गरिएको तालिम शहीद धर्मभक्त माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालयका छात्रालाई संयुक्त रुपमा प्रदान गरिएको केन्द्रकी सचिव भगवती राईले जानकारी दिइन् ।
समावेशी महिला शसक्तिकरण केन्द्रका अध्यक्ष लक्ष्मिी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, शहीद धर्मभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चक्र गुरुङ्ग, कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र अधिकारी लगायतले यस किसिमको तालिमले छात्रालाई सहयोग पुग्ने बताए ।
तालिममा सहभागी छात्रालाई किशोरी शिक्षा तर्फ अन्जना सापकोटा र वासेवल सेनेटरी प्याड निर्माणका देवी चौधरीले सहजीकरण गरेका थिए ।
Comments