भद्रपुर जेसीजद्वारा अभिमुखीकरण
Published: (Updated: )
by .भद्रपुर। भद्रपुर जेसीजको आयोजनामा एक दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरिएको छ । चन्द्रगढी स्थित राष्ट्रसेवक सहकारी संस्थाको सभाहलमा नेत्तृत्व विकास, जेसीज आर्कषण र जेसीज सिद्धान्त सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको हो ।
भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा जिल्ला संमन्वय समिति झापाकी उप–प्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव डिल्लीराम पोखरेलले संचालन गरेको अभिमुखीकरण कार्यक्रममा विजय तिम्सिना, अभिषेक ढुङ्गाना र जय तिम्सिनाले प्रशिक्षण प्रदान गरेका थिए भने भद्रपुर क्षेत्रका ४० जना जति युवायुवतीहरुले प्रशिक्षण लिएका थिए ।
Comments