Sajhamanch Archive

भद्रपुर जेसीजद्वारा अभिमुखीकरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर। भद्रपुर जेसीजको आयोजनामा एक दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरिएको छ । चन्द्रगढी स्थित राष्ट्रसेवक सहकारी संस्थाको सभाहलमा नेत्तृत्व विकास, जेसीज आर्कषण र जेसीज सिद्धान्त सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको हो ।

भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा जिल्ला संमन्वय समिति झापाकी उप–प्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव डिल्लीराम पोखरेलले संचालन गरेको अभिमुखीकरण कार्यक्रममा विजय तिम्सिना, अभिषेक ढुङ्गाना र जय तिम्सिनाले प्रशिक्षण प्रदान गरेका थिए भने भद्रपुर क्षेत्रका ४० जना जति युवायुवतीहरुले प्रशिक्षण लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *