Sajhamanch Archive

आयल निगमका ८१ कर्मचारी सरूवा गर्ने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेकोमा पहिलो चरणमा माथिल्लो पद र कर्मचारी युनियनको नेतालाई लक्षित गरी ८१ जना सरुवा गरिएको हो ।

निगमका कर्मचारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए । ‘निगमको छवि सुधार गर्न कर्मचारीबाटै सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले विनियमावलीविपरीत कार्यरत सबै कर्मचारीको सरुवा सुरु गरिएको हो ।’ कर्मचारीलाई एकै ठाउँमा लामो समय बस्न नदिएर विनियमावलीअनुसार सरुवा गर्दा हालको अनियमितता सुधार हु्ने निगमको अपेक्षा छ ।

निगम प्रमु्ख पौडेलले सोमबार निर्णयमा हस्ताक्षर गरेसँगै कांग्रेस समर्थित कर्मचारी युनियनको मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले स्वागत गरेका छन् । नयाँ पत्रिकादैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *