Sajhamanch Archive

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

ओखलढुङ्गा। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।

आइातबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ,’ बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा भनिन्, छोराले घरमा आएर भनेपछि थाहा पाइयो ।नयाँ पत्रिकादैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *