Sajhamanch Archive

अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ ।

न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेस्ट वे नामाकरण गरेको हो ।

नामकरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डा। अर्जुन कार्की र काउन्सिल म्यान कोस्ट कोन्स्टीडिनेजले संयुक्त रुपमा उद्घाटन गरे ।नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *